पोखरा ।
कृषि उपज थोक बजार (मन्डी) शान्तिबन पोखरामा आज भिण्डीको थोक मूल्य प्रति केजी ७० रुपैयाँदेखि १०० रुपैयाँसम्म रहेको छ । फर्सीका मुन्टाको प्रति मुठा ६० रुपैयाँदेखि ८० रुपैयाँ, ब्रो काउलीको प्रति केजी मूल्य न्युनतम ८० रुपैयाँ देखि अधिकतम १०० रुपैयाँ रहेको छ ।
मूल्य सूचीअनुसार बुधबार कन्य च्याउको न्यूनतम मूल्य प्रतिकिलो १७० रुपैयाँ र अधिकतम दुई सय रुपैयाँ छ ।
डल्ले च्याउको न्यूनतम मूल्य ३५० रुपैयाँ र अधिकतम मूल्य ३७५ रुपैयाँ छ । रायोको सागको न्यूनतम मूल्य प्रति मुठा ३० रुपैयाँ देखि अधिकतम मूल्य ४० रुपैयाँ छ ।
पालुंगोको सागको न्यूनतम मूल्य प्रतिमुठा ३० रुपैयाँ र अतिकतम ४० रुपैयाँ छ ।
फर्सी हरियोको न्यूनतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ छ ।
कुन तरकारी तथा फलफूलको मूल्य कति ? हेर्नुहोस ।
















