आज अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । यी मुद्राको विनियमदर हिजो घटेको थियो । अस्ट्रेलियन डलरको भाउ भने आज घटेको छ । यसअघिका दुई दिन अस्ट्रेलियन डलरको भाउ लगातार बढेको थियो । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । आज युरो १ को खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा थियो ।

त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा थियो ।  अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा छ । विगत दुई दिनसम्म बढेको अस्ट्रेलियन डलरका् मूल्य आज घटेको हो ।

हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा थियो ।

  • २४ बैशाख २०८२, बुधबार ०६:३५ प्रकाशित