पोखरामा श्रीमानले गरे श्रीमतीको हत्या, हत्यापछि आत्महत्या

केन्द्रभाग मिडिया

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुईजना श्रीमती   रहेको र बराल कान्छी श्रीमतीसँग बस्दै आएको खुल्न आएको प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । बस्नेतको अनुसार घरायसी झगडा हुदाँ यस्तो दुर्घटना निम्तिएको हो । श्रीमतीको हत्या गरेपछि बरालले आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।ु

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

  • २३ बैशाख २०८२, मंगलवार १३:१४ प्रकाशित