सुनको मूल्य आज एकै दिन तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा मंगलबार आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो ।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • २३ बैशाख २०८२, मंगलवार ११:१३ प्रकाशित