देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रीइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशको हिमाली भू-भागका एक/दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

  • २३ बैशाख २०८२, मंगलवार ०७:१९ प्रकाशित