पोखरा ।
पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो बनेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)लाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।
पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त ग¥यो ।















