कोरिया जान पाउनु पर्ने भन्दै धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

केन्द्रभाग मिडिया

काठमाडौं ।

ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन् ।

सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा हस्तक्षेप गर्न पुगेका प्रहरीले पत्रकारहरूलाई फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की दिएका छन् ।

  • २२ बैशाख २०८२, सोमबार १५:३० प्रकाशित