सुनको मूल्य सामान्य वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो ।यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।

  • २२ बैशाख २०८२, सोमबार ११:५२ प्रकाशित