काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ । यस्तो बेला उनले विदेशी चलचित्रमा पनि कर लगाउने घोषणा गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो अन्त्य हुँदै छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडिओलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन् ।’
ट्रम्पले यसलाई अन्य देशहरूहरू संगठित प्रयासका रूपमा व्याख्या गर्दै यो ुराष्ट्रिय सुरक्षाको लागि खतराु भएको उल्लेख गरेका छन् । ट्रम्पले विदेशी चलचित्रमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई भनिएको बताएका छन् ।
उनले अगाडि लेखेका छन्, ‘हामी फेरि अमेरिकामा चलचित्रहरू बन्न चाहन्छौ ।’
जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशमा भन्सार कर लगाएका छन् । यसले अमेरिकी उत्पादकलाई प्रोत्साहन दिने र रोजगारी जोगाउने दाबी गरिरहेका छन् ।















