पोखरा ।
आज अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको छ । तर, युरो, पाउन्ड कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २२ पैसा छ । हिजो युरो १ को खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ २३ पैसा र बिक्रीदर १८० रुपैयाँ ०३ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा थियो ।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रुपैयाँ १५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा थियो
आज बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा थियो।















