प्रचण्डद्धारा पदाधिकारी बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने उपमहासचिव मात्रिका यादवले जानकारी दिए ।

‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको छ । यी बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन्छ’, उनले भने । बैठकमा सम्पन्न भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने यादवले बताए ।

  • २१ बैशाख २०८२, आईतवार ११:२६ प्रकाशित