काठमाडौं ।
साताको पहिलो कारोबारको दिन सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ ।
यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।















