दुई हात्ती मिल्दा पनि मुसाको बल निकाल्न सकेनन् : पूर्वप्रधानमन्त्री खनाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वाप्रधानमन्त्री झलनाथ खनालले दुई ठूला दल कांग्रेस र एमालेलाई हात्तीको संज्ञा दिएका छन् । तर दुई दलको शक्ति मुसाको जत्तिको पनि नभएको टिपपणी गरेका छन् ।

पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘दुइवटा हात्ती जस्ता पार्टीहरु सरकारमा छन्, तर काम चाहिँ मुसाले जस्तो पनि गर्न सकेका छैनन् । यो प्रकारको परिस्थिति छ आज’ उनले भने ।

राष्ट्रियता संकतग्रस्त रहेको चर्चा गरेका उनले महाकालीमा घोच्दा दुईवटा हात्तीलाई नछोएको उल्लेख गरे । ‘राष्ट्रियता पनि संकटग्रस्त छ, देशका अनेक भागहरुमा बाहिरबाट अनेक ढंगले घोप्ने कामहरु भइरहेको छ । महाकालीको सिमानामा घोप्दैछन् ।

अनेक ठाउँमा यस्ता कुराहरु भइरहेका छन्, तर यो सरकार कानमा ठेडी राखेर बसिराखेको छ । चाइँचुईं केही गर्दैन, बरु मुसा चाइँचुईं गर्छ । यस्तो अवस्थाबाट देश गइरहेको छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको हितमा केही नभएको बताए । ‘न भूमिसुधारको कुरा न त कृषि क्रान्तिको कुरा छ । जनताले चाहेको केही छैन । परम्परागत खालको मात्रै छ’ उनले भने ।

  • २० बैशाख २०८२, शनिबार १६:१६ प्रकाशित