अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर पाउन्डसहित केही मुद्राको भाउ भने सस्तिएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा छ । हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा थियो । आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७६ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६६ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ७२ पैसा थियो । आज बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३९ पैसा थियो ।

  • २० बैशाख २०८२, शनिबार ०७:०८ प्रकाशित