विद्युत् महसुल वृद्धि गर्ने प्राधिकरणको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले विद्युत् महसुल समायोजन गर्ने बताएका छन् ।

तीन वर्षदेखि महसुल समायोजन नभएको भन्दै महसुल वृद्धि गर्ने उनले बताए । ‘३ वर्षदेखि विद्युत् महसुल समायोजन नभएकाले समयानुकुल महसुल समायोजन गर्न गरिनेछ,’ श्वेतपत्र जारी गर्दै उनले भने ।

प्राधिकरणले संरचनागत आर्थिक, प्रशासनिकलगायत संस्थाको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पत्रकार सम्मेलन गर्दै आज श्वेतपत्र जारी गरेका हुन् ।

प्राधिकरणको हालसम्मको उपलब्धि र वर्तमान अवस्थासहित यसको अवसर र चुनौती विश्लेषण गरी भावी योजना तय गर्न श्वेतपत्र जारी गरेको जनाएको छ ।

  • १९ बैशाख २०८२, शुक्रबार १५:३७ प्रकाशित