काठमाडौं ।
आज अमेरिकी डलरको मूल्य यथावत छ भने अस्ट्रेलियन डलरको मूल्य थोरै बढेको छ। तर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको को छ। यी सबै मुद्राको विनियमदर हिजो पनि घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा छ । हिजो युरो १ को खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ १४ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७६ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ७२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा थियो ।















