गोरखामा वैशाख २९ देखि प्रथम गोर्खा कप’ भलिबल प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

गोरखा नगरपालिका–६ हरमटारीस्थित खेलकुद मैदानमा ‘प्रथम गोर्खा कप’ खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपालको आयोजनामा यही वैशाख २९ गतेबाट प्रतियोगिता हुन लागेको हो ।

बुद्ध जयन्तीको अवसरमा हुने खुला पुरुष भलिबल प्रतियोगितामा पहिलो बन्ने टिमले नगद ३ लाख रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रोलाई १ लाख ५० हजार र तेस्रो बन्नेलाई ७५ हजार रुपैयाँ नगदको साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक प्रगतिशील युवा नेपालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जिल्लामा हालसम्म भएकामध्ये यो सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।

प्रतियोगितामा विधागततर्फ बेस्ट प्लेयरले नगद १० हजार तथा वेस्ट स्पाईकर, वेस्ट ब्लकर, बेस्ट डिफेन्डर, वेस्ट कोच र वेस्ट सर्भरलाई नगद ५र५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष दिपक थापाले जानकारी दिए ।

जेठ २ गतेसम्म हुने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् ।

  • १८ बैशाख २०८२, बिहीबार १६:५६ प्रकाशित