नेपालले भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात गर्न पाउने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

विद्युत् प्राधिकरणले भारतबाट दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले बिहीबारदेखि १५ घण्टासम्म आयात गर्न पाउने भएको हो ।

भारत सरकारले नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर ढल्केबर लाइनबाट बिहान २ बजेदेखि साँझ ५ बजेसम्म १५ घण्टाको लागि ६०० मेगावाट बिजुली आयात गर्न थप स्वीकृति दिएको छ । यसअघि सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्र स्वीकृति दिइएको थियो।

भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने यसअघि नै अनुमति दिएको छ । तर पछिल्लो समय भारतमा नै विद्युत् माग बढेको भन्दै नेपालले मागे जति विद्युत् दिन सकेको थिएन । तर अब दैनिक १५ घण्टा ६०० मेगावाट बिजुली खरिद गर्ने अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतले थप दुई महिनाका लागि ६ सय मेगावाट बिजुली निर्यातका लागि स्वीकृत दिएको बताए । उनले विगतमा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म निर्यातका लागि स्वीकृत दिएपनि अब रातको २ बजदेखि बिहान ५ बजेसम्म पनि स्वीकृत दिएको बताए ।

त्यस्तै प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले भारतबाट सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर आइरहेको बताए ।

  • १८ बैशाख २०८२, बिहीबार १५:३० प्रकाशित