पाेखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको को छ । यी सबै मुद्राको विनियमदर हिजो भने बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा थियो ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ १४ पैसा छ। हिजो युरो १ को खरिददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा थियो।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा थियो।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७१ पैसा थियो ।















