रूपा गाउँपालिकाको न्यायिक समितिमा ८ वर्षमा १०६ मुद्दा दर्ता

केन्द्रभाग मिडिया

oplus_0

पोखरा ।
रूपा गाउँँपालिका स्माथापना भएदेखि हालसम्म करिव ८ वर्षको अबधिमा न्यायिक समितिमा १०६ मुद्दा दर्ता भएका छन् । जसमध्ये १६ वटा मुद्दाको निरूपण भएका छन् । ७७ वटा मुद्दा मेलमिलाप मार्फत टुंग्याइएको न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङले जानकारी दिइन् ।

बुधबार गाउँपालिकामा आयोजित रूपा गाउँपालिका न्यायिक समिति द्वारा सम्पादित कार्यहरू तथा भावी कार्ययोजना विषयक सरोकारवाला र पत्रकारसंग सम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिइन् । अनुसार ४ वटा मुद्दा फिर्ता भएका छन् । तीनवटा मुद्दा तामेलीमा र प्रकृयामा रहेको उनले जानकारी दिइन् ।

आफूहरूको निरन्तरको माग अनुरूप ७० वटा पालिकाले कानुनी सहजकर्ता पाएका उनले बताइन् । रूपाले पनि कानुनी सहजकर्ता प्राप्त गरेपछि न्यायिक समितिलाई सहज भएको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो पालिकामा न्यायिक समितिले राम्रो काम गरेको जानकारी दिए । उनले पालिकालाई न्याय निरूपणमा सशक्त बनाउन विभिन्न सचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रमहरू गरिरहेको उनले बताए ।

उनले स्थानीय सरकारले साना विकासका काम र सेवाप्रवाहको काम गर्ने चर्चा गर्दै पहिलो कार्ययकालमा बाटो, पानी र पूर्वाधारमा जोड दिएको बताए । उनले पालिका मासु, अण्डा र दूधमा आत्मनिर्भर बनेको जानकारी दिए ।

उनका अनुसार रूपामा टेण्डर मार्फत
दुई हजार एक सय माहुरीको घार ल्याइएको र २५० परिवार पूर्ण व्यवसायीक मौरी पालक किसान रहेको बताए । रूपामा अहिले वार्षिक ३५ हजार लिटर मह उत्पादन हुुने उनले जानकारी दिए । पालिका न्याय सम्पादनदेखि हरेक कार्यमा अगाडि रहेको उनको भनाई थियो ।

कार्यक्रममा गरेका काम र मुद्दाको प्रकृतिका बारेमा न्यायिक सहजकर्ता अमिन परियारले प्रस्तुती राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता सरिता तिमिल्सिना पंगेनी, प्रेस क्लव गण्डकीका अध्यक्ष एकराज गिरी र न्यायिक समिति सदस्य बुद्धिमाया गुरूङ लगायतले उक्त अबसरमा आआफ्नो धारणा राखेका थिए ।

 

  • १७ बैशाख २०८२, बुधबार १८:२६ प्रकाशित