पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार छाड्ने भएको छ।
प्रवक्ता दामोदर पण्डितले सरकार छाड्ने बताउँदै भने, ‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनुपर्ने अनि सरकारमा बसिरहनुपर्ने? त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौँ। आजै पार्टीले यसबारे निर्णय गर्छ।’
चौधरी बिहीबार (आज) मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन्। डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो।














