काठमाडौं ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको दाबी गरेका हुन् । अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको प्रष्टिकरण दिए ।
‘अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको छैन’ उनले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेको आरोप छ ।














