निस्कर्षमा पुगेन वार्ता, शिक्षक आन्दोलन निरन्तर

केन्द्रभाग मिडिया

पोखरा ।

सरकार र नेपाल शिक्षक महासंघको बीचमा सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको दुबै पक्षले जनाएका छन् ।

सरकारको तर्फबाट केही तयारी गर्नुपर्ने भएकाले फेरी बैठक बसेर आगाडि बढ्ने सहमति भएको सरकार र आन्दोलनरत शिक्षक दुबैपक्षले बताएका छन् ।

यता शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा जान शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन् ।

 

  • १६ बैशाख २०८२, मंगलवार ०७:२७ प्रकाशित