शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै माओवादी नेता देवेन्द्र पौडेलले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका क्रममा प्रहरीले गरेको दमनको भत्र्सना गरे ।

उनले आन्दोलनका क्रममा घाइते भएका शिक्षक लगायतको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

  • १५ बैशाख २०८२, सोमबार १२:०५ प्रकाशित