संसदमा आज सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१’ पेस गर्ने कार्यसूची छ ।

सोमबारकै बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसका अलावा आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले धारणा राख्नेछन् ।

  • १५ बैशाख २०८२, सोमबार ११:०८ प्रकाशित