पोखरा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँचको क्रममा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएका छ ।
यही ३ वैशाख देखि १४ वैशाखसम्म गरिएको चेकजाँचका क्रममा यतिका संख्यामा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त शर्माले जानकारी दिए ।
उनका अनुसार सो अबधिमा जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा यी मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
कसैले स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको
१०३ मा टेलिफोन गरी सूचना दिन समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।














