बानेश्वरमा शिक्षक–प्रहरी झडप, दर्जनभन्दा बढी घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौंको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ । बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको हो । प्रहरीले लाठी र पानीको फोहोर प्रहार गरेको थियो भने शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा प्रहार गरेका थिए ।

प्रहरीको लाठी तथा पानीको फोहोर लागेर दर्जन भन्दा बढी शिक्षकहरू घाइते भएका छन् । शिक्षकहरूले आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडि बढ्ने प्रयास गरेपछि झडप भएको काडमाडौं जिल्ला परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीले बल प्रयोग गर्नुपरेको उनको दाबी छ । प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ । घाइतेको अरू विवरण संकलन गरिरहेको र केही प्रहरीलाई पनि चोट लागेको उनले बताए ।

एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले स्थिति सामान्य रहेको पनि एसपी बोहराले बताए ।

  • १४ बैशाख २०८२, आईतवार १४:०१ प्रकाशित