प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रतिगामी झन्डा उठाउने व्यक्तिहरू प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकटका भएका बताएको छ ।

प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट धारणा राख्दै उपमहासचिव वर्षमान पुनले आफू निकटकाले प्रतिगामी झन्डा उठाएकोबारे आत्मसमीक्षा गर्नुभएको छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘प्रतिगामी झन्डा उठाउने एमालेका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद छन् । केही प्रधानमन्त्रीज्यूका चुनावी सहकर्मी छन् । यसमा प्रधानमन्त्रीज्यूले आत्मसमीक्षा गर्नुभएको छ ?’

  • १२ बैशाख २०८२, शुक्रबार १६:०० प्रकाशित