प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्छौँ : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिहरुबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्ने बताएका छन । शुक्रबार धरहरामा आयोजित गोरखा भूकम्पको १० औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
उनले भेन, ‘‘हाम्रो मात्रै होइन, विभिन्न देशमा भूकम्प जान्छ । हाम्रो जस्तो जुन विनाशकारी भूकम्प भयो, त्यस्ता भूकम्पहरु अन्त पनि जान्छन् तर केही पनि क्षति नभइकन भूकम्प टर्छ । किनभने त्यहाँका संरचनाहरु त्यसैअनुुसार छन् । अरु देशहरुमा सामुुन्द्रिक आँधी, समुन्द्रबाट अरु प्रकारका विपत्तिहरु आउने हाम्रो देशमा छैनन् ।’’

प्रधानमन्त्रीले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड दिन समेत आग्रह गरे । ‘‘भूकम्प गइसकेपछि भत्किएपछि घरले किचेर मान्छे मारेपछि घर पुनर्निर्माण गर्नेभन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलिअलि भएको जायजेथा पनि ध्वस्त पार्न नपाइकन विस्तापित गर्ने बाटोमा लागौं । क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौं ।’’ उनले भने ।

समुद्रका विपत्तिहरु हामी कहाँ नभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भने, ‘‘पानी भएका खोलाका छन्, तालतलैया, ग्ल्यासियर विस्फोटका हुनसक्छन् थामेमा भएका जस्तै । यस्ता कुराहरु जलवायु परिवर्तनका समस्याहरुलाई सम्बोधन गर्ने विधिबाट पनि त्यस्ता कुराहरुलाई पनि समाधान गर्न सकिन्छ । अर्को कुरा, त्यस्ता ग्लायासियरहरुलाई कुनै वस्ती केही भइहाल्यो भने पनि त्यस्तो वस्ती तलतिर क्षति नहोस् भन्ने कुरामा ध्यान दिनुुपर्छ ।’’

  • १२ बैशाख २०८२, शुक्रबार १३:५५ प्रकाशित