माओवादीको जागरण अभियान वैशाख १७ मा कञ्चनपुर पुगेर टुंगिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान वैशाख १७ गते टुंग्याउने भएको छ । झापाको कचनकवलबाट फागुन १२ गते सुरु भएको अभियान कञ्चनपुर पुगेर दुई महिनापछि टुंग्याउन लागेको हो ।

झापादेखि सुरु भएको अभियान वैशाख १७ गते कञ्चनपुर पुगेर टुंग्याउने सचिव हितराज पाण्डेले बताए। उनका अनुसार अभियान अब तीन जिल्लामा मात्रै बाँकी छ । तराई–मधेश जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उनले बताए । अभियानमा जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरेकाले संगठनलाई थप मजबुत बनाएको उनको बुझाइ छ ।

अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरूको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरूलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन् ।

  • ११ बैशाख २०८२, बिहीबार १३:५३ प्रकाशित