शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिनुभएको हो : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षमन्त्रीले आफूसंग असहमतिका कारण नभई स्वास्थ्यका कारण राजिनामा दिएको प्रष्टिकरण दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयमा पहिलो पटक बोल्दै उनले यस्तो प्रष्टिकरण दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा बोल्दै प्रउनले आफ्नो असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएको प्रति असन्तुष्टि जनाए । ‘‘उहाँ मैले बनाएको मन्त्री हो, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने ।

शिक्षा मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएकी थिइन् । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गरे । उनले एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए ।

 

  • ९ बैशाख २०८२, मंगलवार १६:३१ प्रकाशित