श्री शत गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पर्यटकीय राजधानी पोखरामा जारी रहेको गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झांकी प्रदर्शनी गरिने भएको छ ।
पोखरा १७ बिरौटामा जारी कोटीहोममा गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक संस्कृति झल्किने सांस्कृतीक झाँकी प्रदर्शनी गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जनाएको छ ।

झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूहलाई नगद सहित सम्मान पनि गरिने छ । जस अन्तर्गत प्रथम हुने समूहलाई नगद ३१ हजार १ सय ३१ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने भएको छ । दोस्रो हुने समूहलाई नगद २५ हजार ५ सय २५, तेस्रो हुने समूहलाई नगद २१ हजार १ सय २१ र शान्तवना स्थान हाँसिल गर्ने समूहलाई नगद १५ हजार ५ सय १५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै कास्की जिल्लाभन्दा बाहिरबाट सहभागी हुने साँस्कृतीक समूहलाई यातायात खर्चको व्यबस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने झाँकी समूहले ९८५६०३२४७३, ९७६३२५२१२१ र ९७०५२५२१२५ मा सम्पर्क गर्न सक्नेछन ।

त्यस्तै गण्डकी कोटिहोम महायज्ञमा राष्ट्रिय भजन प्रतियोगीता, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता पनि आयोजना हुने आयोजकले जनाएको छ ।

  • ८ बैशाख २०८२, सोमबार १९:५३ प्रकाशित