आज साँझ मन्त्रिपरिषदको बैठक बस्दै, रोकिएला शिक्षक आन्दोलन ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ । बैठक आज साँझ ५ बजे बस्न लागेको हो । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ ।

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ । यद्यपि, गभर्नर नियुक्तिबारे भने गृहकार्य भइसकेको छैन। सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको तीन जनाको समितिले अहिलेसम्म सिफारिस गर्न सकेको छैन ।

  • ८ बैशाख २०८२, सोमबार १३:१५ प्रकाशित