पत्रकार सिग्देल, काफ्ले र सुवेदी सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।
पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्याङ्जामा क्रियासिल तीन जना पत्रकारलाई सम्मान गरिएको छ । पत्रकार श्रीकृष्ण सिग्देल, अर्जुन काफ्ले र हरिप्रसाद सुवेदी ‘सुशिल’ लाई  सम्मान गरिएको हो ।

अकला आवाज राष्ट्रिय साप्ताहिकको आयोजनामा भएको ‘स्याङ्जाको समग्र विकास, समृद्धि र शुसासनमा मिडियाको भूमिका’ विषयक अन्तर्क्रियाका क्रममा पत्रकारहरूलाई नगद पाँच/ पाँच हजार पाँच सय रुपैयाँ, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । पत्रकारलाई सम्मान गर्दे गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले नेपालको परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वसांसद मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, पत्रकार लगायतले स्याङ्जाको विकासका लागि खेल्नुपर्ने भूमिकाका बारेमा बोलेका थिए ।

समाज परिवर्तनका लागि जिल्लामा रहेर पत्रकारले खेलेको भूमिका उच्च रहेको भन्दै पहिलो चरणमा तीन जना सक्रिय पत्रकारलाई सम्मान गरिएको अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष तथा प्रकाशक प्रकाश डुम्रेले जानकारी दिए । पत्रकार र पत्रकारितालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तनका लागि अभियान सुरु गरिएको उनको भनाइ छ ।

सो अवसरमा सञ्चारिका समूह स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । यस्तै २०८२ को क्यालेन्डर समेत सामूहिक रूपमा विमोचन गरिएको थियो ।

  • ७ बैशाख २०८२, आईतवार ०७:३९ प्रकाशित