गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भएको छ,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष प्रधानाङ्ग

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानीय भक्तजन लगायत अन्य साधुसन्त र स्थानीय नेताहरुको उपस्थिती बढ्दै गएको छ ।

यसैविच शनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष दिवशमान प्रधानाङ्गले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताए । त्यस्तै यस प्रकारको धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको उनको भनाई थियो ।

‘ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ सुन्दर नगरी,जनसंख्या लगायतको हिसावले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ । यो सफल बनाउन हामी सबै नेपालीको कर्तव्य हो, अझ पोखराबासी तपाई हामी सबैको त महत्वपूर्ण जिम्मेबारी हो ।’ अध्यक्ष प्रधानाङ्गले थपे ‘पोखरा आफै पर्यटकिय नगरी हो,यसलाई विश्वव्यापी बनाउन र पर्यटन बर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमीका खेल्ने छ ।’ शनिवार  देवी प्रतिभा जी ,आचार्य शिततल कृष्ण महाराज लगायतको कथा प्रवचन गरेका थिए ।

  • ६ बैशाख २०८२, शनिबार २१:०१ प्रकाशित