पुन: पार्टीको जिम्मेवारीमै फर्किएर राष्ट्रपति बन्न चाहान्छु: पूर्व उपराष्ट्रपति पुन

केन्द्रभाग मिडिया

रुपन्देही ।
नेकपा माओवादीका उपाध्यक्ष बनेका पुर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीले खटाएबमोजिम नै पहिले उपराष्ट्रपति बनेको र अहिले पार्टीको जिम्मेवारीमा आएको बताएका छन् ।
शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले पहिले पार्टीले पठाएर उपराष्ट्रपतिको जिम्मेवारीमा गएको र कार्यकाल सकिएपछि पुनः पार्टी जिम्मेवारीमै फर्किएको प्रष्टोक्ति दिएका हुन् ।

पुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको प्रष्ट पारे । ‘म राजनीतिक आधारबाट यहाँ आएको हुँ, कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो’ उनले भने–‘संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्नेथियो र ?’

पार्टी जिम्मेवारीमा फर्किएपछि पहिलो पटक पत्रकारसँग भेटघाट गरेका पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीमा जिम्मेवारी लिनुपर्ने आफ्नो प्रष्ट कुरा भएको बताए ।
राजावादीको सक्रियताप्रति कडा रुपमा प्रस्तुत भएका पुनले अहिलेको अवस्थामा राजतन्त्र फर्काउने कल्पना कसै नगरे हुने र त्यस्ता मण्डलेहरुलाई नेपाली जनताले साथ नदिने बताए । उपाध्यक्ष पुनले पार्टीले आवश्यक टानेर राष्ट्रपतिमा अघि सारे आफू तयार भएको बताए ।

  • ६ बैशाख २०८२, शनिबार १४:४९ प्रकाशित