पाेखरा ।
पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर शुक्रबार विभिन्न उमेर समुहमा सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत यु–१६ गल्र्सको उपाधी अरुषी तुलाचनले जितेकी छन् । फाइनल खेलमा गृष्मा गुरुङलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै सो उपाधी आफ्नों नाम गराएकी हुन् ।
१० वर्ष मुनि ब्वाइज सिंगलमा कायन चालिसेलाई ७–६, ४–६ र १०–८ ले पराजित गर्दै साहान्स बस्नेत विजयी भए। १० वर्षमुनि गल्र्ससिंगलमा नायरा घलेले ताभिसी रानालाई ६–१, ६–१ ले पराजित गर्दै प्रथम भइन्।
९वर्षमुनिको ब्वाइज सिंगलमा कायन चालिसेले जिवास भट्टराईलाई ५–३, ४–० ले पराजित गर्दै प्रथम भए। ८ वर्षमुनि सोनाम घलेले सहर्ष कायस्थलाई१०–१, १०–० ले पराजित गर्दै प्रथम भए। ९वर्षमुनि गल्र्ससिंगलमा निम्ती कुँवरलेसाहरा कायस्थलाई ४–०, ४–० ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरिन्।
१६ वर्षमुनिको ब्वाईजसिंगलमा दर्शिल श्रेष्ठले साँगे रोकायालाई ६–४,६–३ ले पराजित गर्दै फाइनलमा प्रवेशगरे। ब्वाईज डबल्समा दर्शिल श्रेष्ठ र सिर्जलभट्टराईको जोडीले सूर्यांस श्रेष्ठ र सन्दिप विकको जोडीलाई ६–२, ६–० को सुरक्षित गरे अर्को सेमिफाइनलमा स्पन्दन उदास र प पराजित गर्दै फाइनलमा प्रवेशगरेका छन् ।
१४ वर्ष मुनि गल्र्स सिंगलमा आर्या पौडेलले एरा खत्रीलाई ६–१, ६–४ ले तथा सारा पन्तले स्वराह थापालाई ६–१,७–६ ले पराजित गर्दै फाइनल प्रवेशगरे । सोही उमेरमा ब्वाईजतर्फ आसव हाडा र साँंगे रोकाया अन्तिम दुईमा पुगे ।
१२ वर्षमुनिको ब्वाईजसिंगलमा आर्यस राज पौडेलले वेदान्त चालिसेलाई६–४, ६–२ ले पराजित गर्दै फाइनल प्रवेशगरे। १० वर्षमुनिको ब्वाईजसिंगलमासहान्स के।बस्नेतले सबिक पोखरेललाई ७–५ ,६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए। सोही उमेर समुहमा गल्र्सतर्फ नायरा घले र ताभिसी राना फाइनलमा प्रवेश गरे।
नायराले निम्ती कुँवरलाई ६–१,६–१ ले तथा ताभिसीले श्रीयाश्री पाण्डेलाई६–१, ६–० कोसेटमा पराजित गर्दै अन्तिम दुईमा आफ्नों नाम लेखाएका हुन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकसंघले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन गरेका कुमार मोहनबहादुर शाही शनिबार पुरस्कार वितरण समारोहका लागि पोखरा आउने जनाइएको छ । उनले आफ्ना नाती नातिनीको नामबाट यो प्रतियोगितालाई मुख्य प्रायोजन गरेका हुन् ।















