शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार

केन्द्रभाग मिडिया

 

पोखरा ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित आफ्नै निवासमा शौचालय गएको बेला गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायब उपरीक्षक अधिकारीले जानकारी दिए । ‘अध्यक्ष ज्यु सौच गएका बेला राति ११ ः ३० बजे उहाँलाई लक्षित गरेर अज्ञात व्यक्तिले गोली प्रहार भएको रहेछ । यस विषयमा अनुसन्धान गरिरहेका छौं’ उनले भने ।

  • ५ बैशाख २०८२, शुक्रबार ११:०७ प्रकाशित