पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ३९ पैसा छ । विगत केही दिनदेखि अमेरिकी डलरको मूल्य लगातार घट्दै आएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा छ । हिजो युरो १ को खरिददर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ र बिक्रीदर ८७ रुपैयाँ १० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २० र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २० पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४६ पैसा थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।















