सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको मूल्य आज बिहीबार तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्यको यो अर्को रेकर्ड हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो।

  • ४ बैशाख २०८२, बिहीबार १०:५९ प्रकाशित