उच्चस्तरीय संयन्त्रको बैठक जारी, उपस्थित छैनन कांग्रेस महामन्त्री थापा

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बसेको हो ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

पछिल्लो समय सरकारको निरन्तर आलोचना गरिरहेका संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा उपस्थित छैनन् ।

उनी कांग्रेस बारा क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन उद्घाटनका लागि बुधबार सिमरा पुगेका छन् । बारामै आयोजित एक कार्यक्रमलाई बुधबार दिउँसो सम्बोधन गर्दै कांग्रेस एमाले बीचका गठबन्धनमा बनेको सरकार २०८४ सम्म नै जाने बताएका छन् । उनले बाहिर गठबन्धन टुट्ने जस्तो हल्ला सुनिए पनि त्यसमा सत्यता नभएको बताए ।

  • ३ बैशाख २०८२, बुधबार २१:१७ प्रकाशित