तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीलाई

केन्द्रभाग मिडिया

 

पोखरा ।
नवदुर्गा युवा क्लब पोखरा-१३ आर्वाको आयोजना तथा नवदुर्गा टोल विकास संस्थाको सह-आयोजनामा भएको तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीले हात पारेको छ।गलकोट क्लब उपविजेता बन्यो ।

प्रथम र दितिय समुहले क्रमश ४५ हजार रुपैयाँ र ३० हजार रुपैयाँका साथमा ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गरे।बेस्ट पिलेयर ,बेस्ट सेटर,बेस्ट डिफेन्डर ले एक हजारको साथमा टर्फी ,मेडल र प्रमाणपत्र हात पारे ।

तीन दिन सम्म चलेको प्रतियोगितामा १६ समुहको सहभागीता रहेको खेल सयोजक सन्त बहादुर थापाले जानकारी दिए। विजयी समूहलाई वडा सदस्य बल बहादुर बराल, सुचिता तामाङ र सरिफ मियाले पुरस्कार वितरण गरेका थिए ।

यसै बिच कलाकार अमर धितालले सांगीतिक प्रस्तुति राखेका थिए ।क्लबका अध्यक्ष मनोज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदर्शन बरालले गरेका थिए ।

  • २ बैशाख २०८२, मंगलवार २२:१९ प्रकाशित