बागलुङमा जिप दुर्घटना, १० घाइते

केन्द्रभाग मिडिया

बागलुङ ।
बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार दिउँसो ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ । उक्त जिप बोङ्गादोभानबाट कटेरीतर्फ जाँदै गरेको थियो । जिपमा चालकसहित ११ जना थिए । कच्ची बाटोमा उकालो चढ्ने क्रममा ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

  • १ बैशाख २०८२, सोमबार १५:३२ प्रकाशित