काठमाडौं ।
शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८० सडकमै मनाउने बताएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।
यसपालिको नयाँ वर्ष शिक्षकहरुले आम नेपाली विद्यार्थी, शिक्षक—कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्ने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।
विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजिरहेका छन् । ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान शिक्षकहरूको छ ।