यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

केन्द्रभाग मिडिया

काठमाडौं ।
यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।

३८औँ ओभरमा ११७ रन बनाउँदा ओमान अलआउट भएपछि नेपालले ११८ रनको लक्ष्य पाएको थियो। जुन १४.३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनर शाहिल पटेल र निरजकुमार यादवले उत्कृष्ट ब्याटिङ गरे। पटेलले ४२ बलमा ४४ र यादवले ३१ बलमा ४६ रनको योगदान गरे। नरेन भट्ट १२ तथा सन्तोष यादव १० रनमा अविजित रहे।

ओमानका सौम्या भाविन सम्पतले २ विकेट लिए । त्यसअघि युवराज खत्रीको घातक बलिङसामु ओमान निर्धारित ५० ओभरसम्म पनि टिक्न सकेन।

सिद्धार्थ सौवण्र्य शंकरले १६, रिषभ गुप्ता ९, जित व्रजेश शाह ५२, सौम्य भविन सम्पत ८, राहिल दानियल हबिबुल्ला १, प्रतिश हेमा रमेश १०, नितिश नदेन्ड्ला ४, पुलाडिथ ओमिदु मेदागोदा रालालागे सुन्य रनको योगदा गरे। नटआउट रहेका कविश राजेशकुमार शाहले ९ रन बनाउँदा यरशेठ साई दिनेश ४ र विज्ञेश कार्तिकेयनले सुन्य रन बनाए ।

नेपालका युवराज खत्रीले ५ विकेट सन्तोष यादवको नाममा २ विकेट रह्यो । दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १/१ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा आइतबार युएईलाई पराजित गरेको थियो ।

 

  • १ बैशाख २०८२, सोमबार १५:०१ प्रकाशित