राजतन्त्र भूत भइसक्यो, भविष्य होइन : बास्कोटा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका हुन् । ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन,’ पूर्वमन्त्री समेत रहेका बास्कोटाले भने ।

काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले राजतन्त्र अब इतिहासको पाना पछाडि नफर्कने बताए ।

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बास्कोटाको भनाइ थियो ।

  • १ बैशाख २०८२, सोमबार ११:२२ प्रकाशित