फोनिज अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित

केन्द्रभाग मिडिया

भैरहवा ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन । लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । धनगढी –५, कैलाली निवासी चौधरी यसअघि फोनिजको वरिष्ठ उपाध्यक्ष थिए । समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत छन ।

फोनिजको अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भए पनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना शिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दराई सर्वसम्मत निर्वाचित भएका छन ।

त्यसैगरी खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी आस्था मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ निर्वाचन मार्फत चुनिएका छन । सचिवमा आठ जनाको प्रतिस्पर्धा भएको छ । १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको हो ।

  • ३१ चैत्र २०८१, आईतवार १६:१८ प्रकाशित