शिक्षकको संघर्षबीच निजामती ट्रेड युनियनले पनि दिए आन्दोलनको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।
निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेका छन् । यसअघि पेश गरिएका मागको समेत ध्यानाकर्षण गराउँदै ६ वटा संगठनले निजामती क्षेत्रका सवाल पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् ।

  • ३१ चैत्र २०८१, आईतवार १६:११ प्रकाशित