पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिमा उर्मिला खड्का निर्वाचित भएकी छन् । आइबार सम्पन्न कास्की शाखाको १७ औं अधिवेशनले खड्काको सभापतित्वमा नयाँ कार्यासमिति चयन गरेको हो । खड्काले सभापतिका अर्का प्रतिस्पर्धी कृष्ण तमिल्सिनालाई एक मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन् । खड्काले १२७ मत प्राप्त गरेर निर्वाचित हुँदा सभापतिका प्रतिस्पर्धी तिमिल्सिनाले १२६ मत प्राप्त गरे ।
कार्यसमितिको महिला उपसभापतिमा रमा न्यौपाने कोइराला निर्वाचित भएकी छन् । उनले १४२ ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी रहेकी रमा त्रिपाठीले १०५ मत प्राप्त गरिन् ।
उपसभापति सुरेन्द्र गुरुङ निर्वाचित भए । उनले १२९ मत प्रप्त गर्दै निर्वाचित भएका हुन् । उपसभापतिका अर्का प्रतिस्पर्धी खेमराज सापकोटाले १२० मत प्रापत गरे ।
मन्त्रीमा सन्तोष अधिकारी निर्वाचित भए । उनले १३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रमेशराज भण्डारीले ११४ मत प्राप्त गरे । उपमन्त्रीमा डिल्लीराम बराल निर्वाचित भए । उनले १२२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी राजेश कुमार घिमिरेले ११८ मत प्राप्त गरे ।
कोषाध्यक्षमा मोहनसिंह खड्का निर्वाचित भए । उनले १२८ मत प्राप्त गरे । कोषाध्यक्षका अर्का प्रतिस्पर्धी विष्णु प्रसाद भण्डारीले ११९ मत प्राप्त गरे ।
उपकोषाध्यक्षमा ई. कालिदास सापकोटा निर्वाचित भए । उनले १२९ मत प्राप्त गरे । उपकोषाध्यक्षका अर्का प्रतिस्पर्धी किसान परियारले ९९ मत प्राप्त गरे ।
सदस्यहरुमा कमल पौडेल ९९ मत, खगेन्द्र पराजुली १०५ मत, नवराज पौडेल१०३ मत, महेश्वर दवाडी ७३ मत, सुभाष अधिकारीले ९०, सूर्य प्रसाद तिमिल्सिना ‘पालुवा’ले ९४ मत, श्रीकान्त पौडेलले ६६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
त्यसैगरी महिला सदस्यहरुमा पार्वती कार्कीले ११० मत, भगवती गुरुङले १४३ र वविता सुवेदीले १२० मत प्राप्त गर्दै निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।














