नेकपा एकीकृत समाजवादी पोखराको आह्वानमा मोटरसाइकल र्याली

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीले शुक्रबार पोखरामा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । प्रतिगामी र पुनर्उत्थानवादीका साथै भ्रष्टाचार र सरकारी रबैया विरुद्ध तथा गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली गरेको हो ।

राजावादीहरुले १५ चैतमा काठमाडौंको तीन कुनेमा गरेको हिसांत्मक प्रदर्शनका क्रममा पार्टी कार्यलय, सर्वसाधारणको घर र व्यवसाय, सवारीसाधन एवं सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीमा संलग्नलाई अविलम्ब पक्राउ गर्न र उक्त घटनाबाट भएको क्षेतिको मुल्यांकन गरी उचित क्षेतिपूर्तिको माग गर्दै मोटरसाइकल र्याली गरिएको नेकपा एस पोखरा महानगर कमिटीले जनाएको छ ।

पोखराको सृजनाचोक स्थित पार्टी कार्यालयबाट सुरु भएको र्याली सभागृह, न्युरोड, चिप्लेढुंगा, शिद्धार्थचोक, मोहरीया टोल, बगर, नदीपुर हुँदै महेन्द्रपुल, नयाँबजारबाट पृथ्वीचोकमा पुगेको थियो । मोटरसाइकल र्याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव श्रीनाथ बरालले सडकमा राजावादीहरु जति नै उफ्रेपनि मसानघाटमा सेलाईसकेको राजतन्त्र व्युतिन सम्भव नहुने बताए । उनले सत्ताधारी दलको गलत रबैयाका कारण प्रतिगमनकारीहरुले टाउको उठाउन पाएको चर्चा गर्दै नेकपा एकीकृत समाजवादी कथित राजावादी र सत्ताधारीको रबैया विरुद्ध दृढतापूर्वक प्रतिरोधमा उत्रने उल्लेख गरे ।

कोणसभामा बोल्दै नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्गबहादुर हमालले राजतन्त्र फर्कन्छ भन्ने दिवा सपना नदेख्न चेतावनी दिए । सत्तारुढ दलहरुले आफ्ना पार्टी कार्यालयमा प्रहरी तैनाथ गरेको तर समाजवादीको केन्द्रीय कार्यालयको रक्षा नगरेको भन्दै आक्रोस पोखे । सो अबसरमा युवा नेताहरु प्रेम थापा, विकास पहारी र, बज्र अधिकारी लगायतले बोलेका थिए ।

  • २९ चैत्र २०८१, शुक्रबार २२:५० प्रकाशित